काठमाडाैं- सरकारले नियमितरुपमा खर्च पाउने अन्तिम दिन अर्थात् सोमबार एकै दिन ३३ अर्ब ६१ करोड ३३ लाख रुपियाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालय ९मलेनिका०ले बाट प्राप्त सोमबारसम्मको सरकारी खर्चको विवरणले यस्तो देखाएको हो । सोमबार सरकारले पुँजीगत खर्च नै सबैभन्दा धेरै गरेको छ । सोमबार १४ अर्ब ४० करोड १३ लाख रुपियाँ पुँजीगत खर्च भएको मलेनिकाको तथ्यांकमा उल्लेख छ । यो दिन सरकारले नौ अर्ब ८५ करोड २५ लाख रुपियाँ चालु खर्च गरेको छ । वित्तीय व्यवस्था तर्फपनि नौ अर्ब ३५ करोड ९७ लाख रुपियाँ भएको छ ।
सरकारले गत आइतबार पनि एकै दिन २४ अर्ब २७ करोड ३८ लाख रुपियाँ खर्च गरेको थियो । त्यसमा चालु खर्च आठ अर्ब पाँच करोड ५१ लाख रुपियाँ रहेको थियो । यसैगरि पुँजीगत खर्च तीन अर्ब ७० करोड ७४ लाख रुपियाँ रहेको थियो । वित्तिय व्यवस्था तर्फ भने १२ अर्ब ५१ करोड १३ लाख रुपियाँ खर्च भएको महालेखा नियन्त्रणको तथ्यांकमा उल्लेख छ ।
सरकारले नियमित रुपमा गर्न पाउने दिन सोमबार नै अन्तिम दिन थियो । त्यसको दवावमा सरकारले आइतबार र सोमबार असन्तुलित रुपमा ठूलो रकम खर्च गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार मंगलबारदेखि सरकारी खाता बन्द गरिदैछ । नियमावलीमा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार आजदेखि सरकारी खाता बन्द गरिदैछ । त्यसको दवावमा सरकारले आइतबार र सोमबार उच्च मात्रामा खर्च गरेको छ ।
प्रतिक्रिया