आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने

मंगलबार, २५ असार २०८१, १२ : १९

काठमाडौँ - आज नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले  ७ घण्टाको लागि रिचार्ज सेवा अवरुद्द हुने भएको छ । 

टेलिकमका अनुसार २०८१।०३।२५ गते राति ११ बजेदेखि २०८१।०३।२६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने भनेको छ।  सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package  खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।

उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले सूचना मार्फत भनेको छ। 

मंगलबार, २५ असार २०८१, १२ : १९

प्रतिक्रिया