ज्ञवाली सिटिजन्स बैंकको सञ्चालकमा  नियुक्त

मंगलबार, २५ असार २०८१, १६ : १८

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सञ्चालकमा ज्ञवालीलाई नियुक्त गरेको हो ।

उक्त बैठकले आजैका मितिदेखि लागू हुने गरी ज्ञवालीलाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको बैंकले जनाएको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । ज्ञवाली यस अघि पनि यस बैंकको सञ्चालकमा रहिसकेको अनुभव समेत रहेको छ ।

वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिङ पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 
 

मंगलबार, २५ असार २०८१, १६ : १८

प्रतिक्रिया