काठमाडौँ - कुमारी बैंक लिमिटेडले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा प्रदान गर्दै आएको बमिा नीतिमा केहि परिवर्तन गरेको जनाएको छ ।
परिवर्तित नयाँ नीति अनुसार अब साउन १ गतेपश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बीमा अन्तर्गत अस्पतलामा भर्ना भएरै उपचार गराएबापत बीमा दाबी गर्न पाउने रकम १ लाख हुने भएको छ भने अधिकतम सिमा प्रति बिल ४० हजारबाट बढाएर ५०हजार पुर्याइएको छ ।
यसअघि स्वास्थ्य बीमाको जम्मा दाबी गर्न पाउने रकम १ लाख रुपैयाँ (अस्पतला भर्ना ८० हजार र ओपीडी उपचार २० हजार प्रतिवर्ष) थियो । अब ओपीडी उपचार खर्च भने पाइने छैन । साथै,अब दीर्घरोग लागेको खण्डमा खातावाल तथा खातावालको श्रीमान-श्रीमती समेतको १ लाख रुपैयाँसम्मको दाबी गर्न पाइने व्यवस्थालाई परिमार्जित गरि खातावालाहरुलाई लागेको दीर्घरोगको दाबी गर्न पाइने भएको छ ।
साउन १ गतेबाट खोलिएका नयाँ खातामा स्वत नयाँ नीति लागू हुने बैंकले जनाएको छ । साथै २०८१ असार ३१ गतेसम्म खोलिएका खाताहरु तथा उक्त मिति अगावै बीमा पोलिसी नविकरण भएको खण्डमा भने उक्त हालको बीमा पोलिसीको म्याद रहुन्जेलसम्म पुरानै नीति कायम रहनेछ । यद्यपी ग्राहकले पाउने कुल बीमा रकम २६ लाखमा भने कुनै परिवर्तन नगरिएको बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया