काठमाडाैं- ११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले जारी गरेको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएकाे छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्व ९८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २६२,७०५ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४५९,४१५ र २६०, २६२ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४४३ अर्व ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया