महँगीदर ४.१७ प्रतिशत झ्र्यो, दाल र गेडागुडीको मूल्यदर भने उच्च

बुधबार, २६ असार २०८१, १९ : ४९

काठमाडाैं- चालु आर्थिक वर्षको ११ महिनामा ४.१७ प्रतिशतमा झरेको छ  । राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा  अघिल्लो  वर्षको सोही समयमा तुलनामा महँगीदर घटेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर(खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर(मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप(समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ५.५१ प्रतिशतले घटेको छ ।

बुधबार, २६ असार २०८१, १९ : ४९

प्रतिक्रिया