प्रभु बैंकमा मुद्दती खाता हुनेले खाता अपडेट गराउन पर्ने

विहीबार, २७ असार २०८१, १७ : १५

काठमाडौँ - प्रभु बैंकमा मुद्दती खाता हुनेले यहि असार मसान्तभित्र खाता अपडेट गराउन पर्ने भएको छ ।

बैंकले ५० लाखभन्दा बढि मुद्दती निपेक्ष भएका ग्राहकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अपडेड गराउन सूचना जारी गरेको हो ।  बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा निर्देशन नं १६ बुँदा नं ३९८० बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा रु ५० लाखभन्दा बढिको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ ।’

विहीबार, २७ असार २०८१, १७ : १५

प्रतिक्रिया