प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिदै

शुक्रबार, २८ असार २०८१, ११ : ४९

काठमाडौं - प्रतिनिधि सभाको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

बैठकले उक्त प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् । पछिल्लो पटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिनुपरेको हो ।

 


 

शुक्रबार, २८ असार २०८१, ११ : ४९

प्रतिक्रिया