डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार

शनिबार, १४ कार्तिक २०८३, ०९ : २२

सुर्खेत- जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन्। उनीहरू गएराति कारागारभित्र सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिएका छन्।

उनका अनुसार कारागारमा रहेका १७ जनामध्ये पुर्पक्षका लागि थुनामा रहेका २ जना र कैद सजाय भोगिरहेका ६ जना गरी ८ जना फरार भएका हुन्।

फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत सुरु गरिएको जिल्ला प्रहरीले जनाएको छ।

शनिबार, १४ कार्तिक २०८३, ०९ : २२

प्रतिक्रिया