आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

शनिबार, १४ कार्तिक २०८३, ०७ : ३१

काठमाडौं- वि.सं.२०८३ साल कार्तिक १४ गते । शनिबार । इस्वी सन् २०२६ अक्टोबर ३१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–षष्ठी, बेलुकी ९ बजेर १४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–आर्द्रा, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त पुनर्वशु । योग–सिद्ध, बेलुकी ११ बजेर १० मिनेट उप्रान्त साध्य । करण–गर, बिहान १० बजेर ३६ मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर २४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २७ घडी ४२ पला ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । व्यापार तथा उद्योगमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक कदम अगाडी बढी अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एक कदम अगाडी आउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समयानुकूल चल्न सकिने हुनाले व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले लगानी गरी आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था, एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्याङ्कन हुनेछ । शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । दाजुभाइ तथा आफन्तहरूले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागी काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । तर पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरीमा समय खर्चिनेहरूका लागी समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा वा परिवारमा सदस्यको सहयोगले गन्तव्य पहिल्याउन  सहज हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । धार्मिक वा सामाजिक क्षेत्रमा राम्रा कम गर्न सकिने हुनाले मान सम्मान पाइनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

शनिबार, १४ कार्तिक २०८३, ०७ : ३१

प्रतिक्रिया