माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते

शुक्रबार, २८ असार २०८१, १३ : २४

काठमाडौँ - सिन्धुलीको गोलन्जोर स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए ।


 

शुक्रबार, २८ असार २०८१, १३ : २४

प्रतिक्रिया