ओली ७६(२) अनुसार नै प्रधानमन्त्री बन्ने : कांग्रेस

शुक्रबार, २८ असार २०८१, १५ : २१

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि अब बन्ने प्रधानमन्त्री संविधानको कुन धारा अनुसार बन्ने भन्ने विवाद चलिरहेकोबेला नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्ने बताएका छन् । प्रधानमन्त्रीको विश्वासको मत लिने क्रममा बोल्दै लेखकले त्यसमा कांग्रेसले समर्थन गर्ने बताए । 

उनले प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनमा कुनै प्रतिवाद गर्ने आफ्नो इच्छा नभए पनि प्रचण्डमा अरूमा मात्रै दोष देख्ने समस्या रहेको बताउँदै त्यसरी अगाडि बढ्न नसक्ने उल्लेख गरे । दुई वटा ठुला पार्टी मिल्दैमा डराउन आवश्यक नपर्ने बताउँदै मुलुकलाई ठिक ठाउँमा पुर्‍याउने दाबी गरे ।

शुक्रबार, २८ असार २०८१, १५ : २१

प्रतिक्रिया