सात भारतीय थिए ‘पहिरोले बगाएको बसमा

शुक्रबार, २८ असार २०८१, १६ : ३६

काडमाडौँ - नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ । 

वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सात जना गरी २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।  सात जना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । 
 

शुक्रबार, २८ असार २०८१, १६ : ३६

प्रतिक्रिया