मातृभूमि लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

शनिबार, २९ असार २०८१, १४ : २४

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई  एकीकृत कारोबार सुरु भएको छ ।

दुई लघुवित्त एक आपसमा मर्ज भए पछि गत  बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर पश्चात् मातृभूमि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नेपालभरि २३६ ओटा शाखा रहेका उक्त लघु वित्तको सदस्य सङ्ख्या २ लाख १६ हजार, ऋणी सङ्ख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन ४ अर्ब पुग्ने छ। ‘आगामी दिनहरूमा संस्थाले सेवाग्राहीको सेवालाई थप ग्राहकमैत्री बनाउँदै दूरदराजमा रहेका ग्रामीण बस्तीहरूमा आफ्नो उपस्थिति जनाउने छ।

शनिबार, २९ असार २०८१, १४ : २४

प्रतिक्रिया