एक्सेल डेभलपमेन्ट बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

आइतबार, ३० असार २०८१, १३ : ५०

काठमाडौँ - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बैंकको साधारण सभा सम्पन्न भएको हो ।  

बैंकको सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा असार २९ गते शनिवारका दिन  उक्त साधारण सभाले वैंकको आ.व.२०७९\८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पारित गरेको छ ।

उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा.ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए भने संस्थापक सेयर धनीहरू डा.रूपक प्रसाद खनाल र सुरेश कुमार अग्रवाल तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामनासहितको मन्तव्य राखेका थिए । 

प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थित आफ्ना कार्यालयहरू मार्फत ग्राहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने संखुवासभाको खाँदवारी र धनकुटाको धनकुटा बजारमा शाखा सञ्चालनका लागि सजावटको कार्य भईरहेको छ र आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरूमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।

आइतबार, ३० असार २०८१, १३ : ५०

प्रतिक्रिया