काठमाडौँ- नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को बजेट पारित भएको छ । शनिबार बसेको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठकले असार १० गते पहिलो बैठकमा प्रस्तुत आर्थिक वर्ष ०८१र८२ को वार्षिक राजश्व र व्ययको अनुमान ९बजेट० सर्वसम्मत पारित गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी, दोस्रो बैठकले आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ र आन्तरिक आय व्यवस्थापन तथा नियमन विधेयक २०८१ पनि पारित गरेको छ । नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुरुबाट पेश भए बमोजिमको आर्थिक वर्ष ०८१र८२ को बजेट, योजना तथा कार्यक्रमहरु पनि स्वीकृत भएका छन् ।
सभाका सभा अध्यक्ष एवम् नगरप्रमुख प्रशान्त विष्टले स्वीकृतिका लागि सभामा पेश गर्नुभएको ‘नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ खारेज तथा सङ्घीय ऐन कार्यान्वयन’ पनि पारित भएको छ । १५औं नगर अधिवेशनको दोस्रो बैठकबाट बालबालिकासम्बन्धी ऐन २०७७ को संशोधन पनि स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका र अन्तर्गतका वडा कार्यालयहरुमा करार सेवामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीहरुको म्याद थपसम्बन्धी एजेण्डा पनि सभाले स्वीकृत गरी पारित गरेको छ । यस्तै, पूर्वाधार विकास समितिका संयोजक बसन्तकुमार कनोजियाले तयार पार्नुभएको प्रतिवेदन पनि सभाले स्वीकृत गर्दै पारित गरेको छ । कनोजियाले संस्थागत सुधारका लागि आफ्ना सुझावसमेत समेटेर प्रतिवेदन वाचन गर्नुभएको थियो । उहाँले दण्ड तथा पुरस्कारको नीति अबलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । कनोजियाले कर्मचारीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको आवश्यकता पनि औंल्याउनुभएको छ ।
१५औं अधिवेशनको दोस्रो बैठकमा सभाका सभा अध्यक्ष एवम् नगरप्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेश गर्नुभएको थियो । उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया