च्याम्पियन युभेन्टसलाई रोनाल्डोले हारबाट जोगाए

५ बर्ष अगाडि

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयतिर गोल गर्दै यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टसलाई हारबाट जोगाएको छ । 

इटालियन सिरी ‘ए’ अन्तरगत शुक्रबार राति घरेलु मैदानमा भएको भएको खेलमा युभेन्टस टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोनाल्डोले खेल सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेका थिए । 

घरेलु मैदानमा युभेन्टस खेलको १८औं मिनेटमा पछि परेको थियो । टोरिनोका सासा लुकिकले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर,  टोरिनोले त्यो अग्रतालाई अन्तिम समयसम्म जोगाउन सकेन ।

१ गोलले पछि परेपछि युभेन्टसले टोरिनोलाई दवावमा राखेपनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । तर, ८४औं मिनेटमा युभेन्टसले बराबरी गोल गर्न सफल भयो । क्रिस्टियानो रोनाल्डोले लियोनार्दोको पासमा हेड गोल गर्दै युभेन्टसलाई सम्भावित हारबाट जोगाए ।

५ बर्ष अगाडि

प्रतिक्रिया