रोनाल्डोले गरे १००औं हेड गोल

५ बर्ष अगाडि

एजेन्सी –  युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा १०० औँ हेड गोल गरेका छन् ।

रोनाल्डोको यो खेल करियरको १००औं हेड गोल हो । समग्रमा उनले ६०१औं गोल पुरा गरेका छन् । 

बराबरीसँगै युभेन्टस ३५ खेलबाट ८९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युभेन्टसले दोस्रो स्थानको नेपोलीलाई १९ अंकले पछि परेको छ । टोरिनो ५७ अंकसहित छैटौ स्थानमा रहेको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको भएको खेलमा युभेन्टस  टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

रोनाल्डोले खेलको अन्तिम समयमा ६ मिनेट बाँकी रहँदा गोल गर्दै यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टसलाई हारबाट जोगाएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया