काठमाडौँ - नबिल बैंक लिमिटेडले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भइरहेका विभिन्न ठगीका घटनाका बारेमा ग्राहकहरूलाई सचेत रहन आग्रह गरेको छ ।
बैंकले आज एक सूचना जारी गर्दै अनलाइनमार्फत भइरहेको ठगीबाट बच्न सचेत गराएको हो। टेलिग्राम, फेसबुक लगायत सामाजिक सञ्जालहरूमार्फत अनलाइन जब,अनलाइन ट्रेडिङ र डलर ट्रान्सफर जस्ता कार्यका लागि आकर्षक कमिशन र तलबको प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढ्दै गएको पाइएकाले सचेत रहन बैंकले आग्रह गरेको छ ।
ठगहरूले खातामा रकम ट्रान्सफर गरी अन्य खातामा पठाउन लगाएर खाता ठगी कार्यमा प्रयोग हुन सक्ने भएकाले यस्तो घटनाबाट सतर्क रहन बैंकले आफ्ना ग्राहकलाई सूचित गरेको छ ।यस्तै बैंकले अज्ञात स्रोतबाट आएका यस्ता प्रलोभनबाट पार्ने भ्रामक सन्देशहरूमा विश्वास नगर्न समेत बैंकले आग्रह गरेको हो ।
प्रतिक्रिया