महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने

विहीबार, ०३ साउन २०८१, १६ : ५७

काठमाडौं - महालक्ष्मी विकास बैंकले आफ्ना सेवासुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्यअनुरुप क्यूआर  कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ।

यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बनेको बैंकको दाबी छ। यसअन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पूर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्। आवदेन गरेपश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्ने बैंकले जनाएको छ । बैंकको देशभर १ सय ३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्।
 

विहीबार, ०३ साउन २०८१, १६ : ५७

प्रतिक्रिया