काठमाडौँ- नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चिन जनसरकारको नेतृत्व गर्ने सिंचाई स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुई पक्षीय सम्झौता भएको छ ।
उच्च पर्वतारोहण क्षेत्रमा दुई देशविचको ज्ञान, सिप आदानप्रदान तथा उच्च्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनका लागि चिन सरकारको उच्च पदाधिकारीहरुको उपस्थितिमा भएको यस सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास हामीले लिएका छौं । यो नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो सम्झौता हो।
सम्झौता भएका बुँदाहरु:
१. पर्वतीय उद्धारमा सहयोग र सहकार्य
पत्रकार साथीहरुलाई थाहा नै छ कि प्रतिकूल मौसम, आवश्यक प्रविधि लगायत विविध कारणले गर्दा हाम्रो उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनाहरुमा प्रभावकारी उद्धार कार्य हुन सकिरहेको छैन। यसले गर्दा उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुले मात्रै हैन, पदयात्रा र आरोहणका लागि जाने कति पर्यटकहरुले ज्यान गुमाउनुपर्ने अवस्था छ । यो समस्याको सम्बोधन गर्न यस तीन दिने"Trans Himalayan Forum" मा मैले दुई देशविच High- Altitude Mountain Rescue center स्थापना गर्ने प्रस्ताव गरेको थिएँ । मेरो प्रस्तावलाई चिनीया पक्षले गम्भिरताका साथ लियो । फलस्वरुप नेपाल पर्वतारोहण संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघविच उच्च हिमाली क्षेत्रमा हुने दुर्घटना वा अन्य आपत्कालिन अवस्थामा गर्नुपर्ने उद्धारको कार्यका लागि सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ। यसको महत्वपूर्ण उपलब्धि स्वरुप तत्काललाई दुई पक्षविच High-Altitude Mountain Rescue Mechanism स्थापना गर्ने सहमति भएको छ । नेपाल पर्वतारोहण संघसहित चिन र नेपालको सरकारी प्रतिनिधिहरु समेत रहने यस Mechanism ले उद्धार कार्यलाई थप छिटो, छरितो र प्रभावकारी बनाउनका लागि काम गर्ने छ ।
२. आरोहण संस्कृतिको प्रवर्द्धन
नेपाल पर्वतारोहण संघ र सिचाइ स्वशासित त्यसका लागि दुबै क्षेत्र खेलक निकाय मिलेर संयुक्त रुपमा Himalayan आरोहण संस्कृतिको प्रवर्द्धन। गर्ने सहमति भएको महेर्त गर्न सहने सहमति भएको छ। दुबै आरोहण सस्कृतिको प्रवर्द्धन गर्ने र प्रवर्द्धन गर्न सहमति भएको छ।Mountaineering Cultural Center
३. पर्वतीय वातावरणको संरक्षण
नेपाल पर्वतारोहण संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघविच पर्वतीय वातावरणको संरक्षणका लागि सरका गर्ने सहमति पनि भएको छ। विशेषगरी सुन क्षेत्र खेलकुद महमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणालाई वि प्राथमिकता दिएर काम गर्ने सहमति भारी दुवै देशको सीमा सेवा लगायतका हिमालहरुको आरोहणमा जाने आरोहीटस्लाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणमा काम गरिने छ।
४. आरोहण सम्बन्धि जनशक्ति उत्पादनमा जोड
आरोहण क्षेत्रमा अनुवभी जनशक्ति उत्पादनमा वर्षाको इतिहास कायम गरेको नेपाल पर्वतारोहण संघले सो कार्यको निरन्तरताका लागि सिचाड स्वशासित क्षेत्र खेलकुद महासंघसँग सहकार्य गर्ने सहमित गरेको छ। त्यसका लागि सिचाड स्वशासित क्षेत्र खेलकुद महासंघविचले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरुका आरोहीहरुलाई नेपाल पठाउने छ ।
साथै, यी सम्झौताहरुको कार्यान्वयनका लागि चिनको तर्फबाट सिचाङ स्वशासित क्षेत्र जनसरकार, सिचाड स्वशासित क्षेत्र खेलकुद महासंघ र नेपालको तर्फबाट संस्कृक्ति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको प्रतिनिधि रहने गरी एउटा संयन्त्रको निर्माण गर्नका लागि पनि प्रस्ताव गरेको छु। सन् २००५ मा नेपाल र चिनका आरोहीहरु सम्मिलित टोलीले नेपाल चाइना फ्रेण्डसिप पिकको आरोहण गरेको थियो। अर्को वर्ष सन् २०२५ मा चिन र नेपालविच दौत्य सम्बन्ध स्थापना भएको ७० बर्ष पूरा हुँदै छ। यस अवसरमा मैले पुनः दुई देशविचको संयुक्त आरोहणका लागि प्रस्ताव गरेको छु। उहाँहरु सकारात्मक हुनुहुन्छ। यद्यपि, यस सम्बन्धमा थप छलफल गरी टुङ्ग्याउने छौं।
साथै, कोरोना भाइरस महामारी पश्चात नेपाल र चिनीया प्रतिनिधिहरु सम्मिलित दुई पक्षीय Joint Tourism Coordination Committee को बैठक बस्न नसक्दा पर्यटन क्षेत्रमा आवश्यक सहकार्यमा अवरोध पुग्दै आइरहेको छ। यस फोरममा उक्त कमिटिको बैठक सुचारु गर्नका लागि पनि अनुरोध गरेको छु। नेपाल पर्वतारोहण संघको पहलमा भएको यस सम्झौताले पर्वतारोहण क्षेत्रमा दुई देशविच सहकार्यको सस्कृक्ति पुनः सुचारु मात्रै भएको छैन, पर्वतीय क्षेत्रमा हुने कुनै पनि समस्याको समाधान गर्न र आवश्यक सहकार्य र सहयोग आदान प्रदानका लागि सहज बन्ने विश्वास लिएका छौं ।
प्रतिक्रिया