काठमाडाैं- कामना सेवा विकास बैंकको खुद नाफा ६३ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/0८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ६३ प्रतिशतले बढेको देखिएको छ । बैंकले समीक्षा अवधिमा ६० करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३६ करोड १३ लाख रुपियाँ थियो । यो अघिल्लो आवको तुलनामा ६३ प्रतिशतले बढी हो ।
त्यसैगरी समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी दुई अर्ब १२ करोड ५२ लाख रुपियाँ गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा दुई अर्ब ६ करोड ७६ लाख रुपियाँ थियो । गत आवको असार मसान्तसम्म बैंकको नेट फी एन्ड कमिसन आम्दानी २६ करोड ९२ लाख रुपियाँ, कुल सञ्चालन आम्दानी दुई अर्ब ४८ करोड ६४ लाख रुपियाँ र सञ्चालन नाफा ९७ करोड ८४ लाख रुपियाँ छ भने वितरणयोग्य नाफा ३५ करोड ७८ लाख रुपियाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपियाँ र जगेडा कोषमा एक अर्ब ७५ करोड ७७ लाख रुपियाँ सञ्चित छ । बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी बढेर १८.३८ रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ११.०१ रुपियाँ थियो । त्यस्तै, प्रतिशेयर नेटवर्थ १६४.४८ रुपियाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा छ ।
यद्यपि समीक्षा अवधिमा बैंकको एनपीएल ९खराब कर्जा० भने बढेको छ । अघिल्लो आवमा ३.०९ प्रतिशत रहेको खराब कर्जा गत आवमा बढेर ३.२१ प्रतिशत पुगेको छ।
प्रतिक्रिया