काठमाडौँ - राष्ट्रिय वाणिज्य बैङ्कको उप कार्यकारी अधिकृतमा राम कुमार थापा नियुक्त गरिएको छ ।
बैङ्कको साउन ३ गतेको निर्णय अनुसार मुख्य प्रबन्ध थापालाई बैङ्कको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो । २०५४ सालमा शाखा अधिकृत९तह ७० को रूपमा तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैङ्कमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।
प्रतिक्रिया