बैङ्कदर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा  झर्‍यो

शुक्रबार, ११ साउन २०८१, १२ : ५४

काठमाडौँ - ब्याजदर कोरिडोरको माथिल्लो सीमाको बैङ्कदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । 

ब्याजदर कोरिडको तल्लो सीमाको रूपमा रहेको ३.० प्रतिशतको निक्षेप सङ्कलन दरलाई यथावत् राखिएको छ । बैङ्क दरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने सर्तहरूलाई लचिलो बनाइने छ । 

यस्तै बैङ्क तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ ।

शुक्रबार, ११ साउन २०८१, १२ : ५४

प्रतिक्रिया