कुमारी बैङ्क र बुद्ध एयर बिच सम्झौता

शुक्रबार, ११ साउन २०८१, १६ : ५३

काठमाडौँ - कुमारी बैङ्क लिमिटेड तथा बुद्ध एयर बिच हवाई टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यो सम्झौतासँगै अब कुमारी बैङ्कका ग्राहक तथा उनीहरूका परिवारका सदस्यहरूले बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्राप्त गर्नेछन् ।

यो सम्झौताअनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरारछो) का लागि कुमारी बैङ्कको डेबिटरक्रेडिट कार्ड अथवा त्तच् द्वारा बुद्ध एयरको काउन्टरबाट प्लेन टिकट खरिद गर्दा ८५ छुट प्राप्त गर्न सक्ने छन् । यो छुट लिन ग्राहकले कुमारी बैङ्कको डेविटरक्रेडिटरप्रिभिलेज कार्ड साथमा लानु पर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैङ्क विश्वस्त रहेको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

शुक्रबार, ११ साउन २०८१, १६ : ५३

प्रतिक्रिया