हिमालयन बैङ्कको बनेपा शाखा स्थानान्तरण

आइतबार, १३ साउन २०८१, १५ : २४

काठमाडौँ - हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्कलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरू मध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरेको छ । 

जसअनुसार नयाँ शाखाका रूपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । बैङ्कको उक्त शाखाको शुभारम्भ बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपस्थितिमा गरे । 
 
 

आइतबार, १३ साउन २०८१, १५ : २४

प्रतिक्रिया