काठमाडौं- प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठको तुलनामा असारमा बढेको छ । जेठ मसान्तसम्म १० रूपैयाँ ९१ पैसा रहेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य असार मसान्तसम्म ११ रूपैयाँ ५२ पैसा कायम भएको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । योजनाको खुद सम्पत्ति असार मसान्तसम्म १ अर्ब १५ करोड २१ लाख रूपैयाँभन्दा बढी रहेको छ । असार मसान्तसम्म योजनाले ९ करोड ९१ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । जेठ मसान्तसम्म योजनाले ३ करोड ७८ लाख रूपैयाँभन्दा बढी नाफा गरेको थियो । असार मसान्तसम्म योजनाको जम्मा आम्दानी बढेकाले नाफा समेत बढेको हो । जेठ मसान्तसम्म ५ करोड ५६ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाले असार मसान्तसम्म ११ करोड ८६ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो ।
खर्च रकम भने बढेको छ । जेठ मसान्तसम्म १ करोड ७८ लाख रूपैयाँभन्दा बढी खर्च गरेको योजनाले असार मसान्तसम्म १ करोड ९५ लाख रूपैयाँभन्दा बढी खर्च गरेको हो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले असार मसान्तसम्म ९९ करोड ५६ लाख रूपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले लगानी गरेको छैन् । धितोपत्रमा गरेको लगानीको बजार मूल्य १ अर्ब ५ करोड ५९ लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।
प्रतिक्रिया