काठमाडौँ - गीत सङ्गीतको खोज र मनोरञ्जनको लागि चिरपरिचित प्लेटफर्म टिकटकले चर्चित साङ्गीतिक समूह बीटीएसका एक महत्त्वपूर्ण सदस्य जमिनको बहुप्रतिक्षित सोफोमोर एल्बम MUSE रिलिजको उत्सव मनाउँदै एउटा इमर्सिभइन-एप एक्सपिरियन्सको सुरुवात गरेको छ।
#Jimin_Who हबले आफ्ना विश्वव्यापी प्रशंसकहरूलाई विशेष कन्टेन्टहरू सँग इन्गेज हुन, च्यालेन्जहरूमा भाग लिन र सीमित-समयको लागि उपलब्ध हुने पुरस्कारहरू प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। ‘jimin’ र ‘BTS’ ‘जस्ता सम्बन्धित शब्दहरू सर्च गर्दा सीमित-समयको लागि च्यालेन्जहरू अनलक गर्न विशेष प्रोफाइल फ्रेमहरू प्रस्तुत हुनेछ। यसका साथै हबलेजिमिनको सोलो काम र कोल्याबरेसनहरू, फ्यानस्पटलाइट प्रदर्शन गर्ने स्ट्यान्ड आउट आर्मी सदस्य र उनीहरूका सिर्जनाहरू र जमिनको सोफोमोर एल्बम MUSE रिलिजको उत्सव मनाउने इमर्सिभ एक्सपिरियन्स सहित स्वयम जमिनबाट उत्कृष्ट कन्टेन्टहरू समेत प्रस्तुत गर्नेछ।
यस पहलले कलाकार र फ्यानहरूलाई एक आपसमा नजिक ल्याउन र सिर्जना गर्न सशक्त बनाउने टिकटकको प्रतिबद्धतालाई जोड दिन्छ। ५९.८ मिलियन पोस्टहरू जेनेरेट गर्दै तथा ६०२ बिलियन भ्युजहरू बटुल्दै टिकटक प्लेटफर्ममा सबैभन्दा छिटो बढ्दै गरेको विधाहरू मध्ये एक हो #kpop। यसमा पनि बीटीएस सबैभन्दा लोकप्रिय खाताहरू मध्ये एक भएकोले यो अनुभवले विश्वव्यापी टिकटक कम्युनिटीलाई एकसाथ जोड्ने विश्वास गरिएको छ।
एक दशक अघि डेब्यु गरे देखिनै अनगिन्ती रेकर्डहरू तोड्दै BTS (@bts_official_bighit) ले आफूलाई २१औँ शताब्दीको पपआइकनको रूपमा स्थापित गरेको छ,र टिकटकमा यो चौथो ठुलो कलाकार खाता समेत बनेको छ। ६५.५ मिलियन भन्दा बढी फलोअरहरू र १.४ बिलियनलाईकहरू सहित यस समूहसँग सम्बन्धित ह्यासट्यागहरूले ९४.१ मिलियन क्रियटर भिडियोहरूमा ३ #bts ३३.४ मिलियनमा #bts_official_bighit ह्याशट्यागहरू देखाउँदै ठुलो इन्गेजमेन्ट जेनेरेट गरिरहेको छ। जमिनको सोलोकन्टेन्टले लाखौँ क्रियटर भिडियो र भ्युजहरूलाई प्रेरित गर्दै उनलाई ग्लोबल सुपरस्टारको रूपमा स्थापित गरेको छ।
#jimin सँगसम्बन्धित ह्यासट्यागहरू २२।९मिलियनभन्दा बढी क्रियटर भिडियोहरूमा फिचर गरिएको छ। गतवर्ष आफ्नो पहिलो सोलो एल्बम FACE रिलिज गरेपछि जमिनको ३ज्ञगीत ‘Like Crazy’ ले तीन लाख भन्दा बढी क्रियटर भिडियोहरूलाई प्रेरित गर्यो र टिकटकमा पोस्ट गरिएको समूहको डान्सभिडियोलाई ३६.२मिलियन पटक हेरिएको थियो भने यसमा ८.६ मिलियन भन्दा बढी लाइहरू प्राप्त भएको थियो। जमिनले हालै MUSE बाट प्रि(रिलिज सोलो गीत “Smeraldo Garden Marching Band (feat. Loco)” “को एउटा बिहाइन्ड द सिन भिडियो विशेष रूपमा शेयर गरेका थिए जसलाई ११ मिलियन प्रशंसकहरूले हेरेका छन् भने २.५ मिलियन लाइहरू प्राप्त भएको छ।
प्रतिक्रिया