एमबैंक र आईएमई रेमिटबिच सम्झौता

सोमबार, १४ साउन २०८१, १६ : ३९

काठमाडौँ - नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको कम्पनी एम बैङ्क-मोबाइल बैङ्किङ र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेडबिच सम्झौता भएको छ ।   

सम्झौतासँगै एमबैङ्क सँग आबद्ध सहकारीका सदस्यहरूले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा ९च्भअभष्खभम० गर्न सक्ने भएका छन् । मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटर्फम ‘एम बैङ्क’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् । जसका लागि आईएमई लिमिटेड र एम बैङ्क टेक्नोलोजी प्रा.लि. बिच शुक्रवार सम्झौता भएको छ ।

आईएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैङ्क टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका हुन् । एमबैङ्कले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटर्फम प्रदान गरिरहेको छ । एमबैंक सँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन् ।

मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैङ्कले लिएको प्रमुख महासेठले जानकारी दिए ।शुक्र बाह्रबाट ९ औँ वर्षमा प्रवेश गरेको एम बैङ्क सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटर्फम कम्पनी हो । स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिट्यान्स सेवालाई सुरुवात गरिएको हो । 

एम बैङ्कमार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, बिजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अरू विभिन्न सेवाहरू सहजै लिन सक्नेछन् ।

 

 

सोमबार, १४ साउन २०८१, १६ : ३९

प्रतिक्रिया