काठमाडौँ - सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् (Dusit Princess) काठमाडौँबिच बैङ्कका ग्राहक महानुभावहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैङ्कका ग्राहकहरूले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेस् (Dusit Princess) काठमाडौँ मा बैङ्कको कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैङ्कको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सक्नुहुनेछ । बैङ्कले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।
प्रतिक्रिया