काठमाडौँ - कामना सेवा विकास बैङ्क लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् ।
साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।साउन १५ गतेदेखि शर्माको सञ्चालक पद लागू हुन जानकारी कम्पनीले सूचनामार्फत गराएको छ । शर्मालाई सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त गरिएको भनाई समेत कम्पनीको छ ।
प्रतिक्रिया