प्रभु बैंकका  ग्राहकहरुलाई र्‍याडिसन होटलमा छुट

मंगलबार, १५ साउन २०८१, १५ : ३४

काठमाडौँ- प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले राजधानीको लाजिम्पाटस्थित र्‍याडिसन होटलका विभिन्न सेवाहरूमा विशेष छुट पाउने गरी सम्झौता भएको छ । 

होटलमा एक समारोहका बिच सम्पन्न सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्‍याडिसन होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरे ।  सम्झौता अनुसार प्रभुका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरूबाट १० देखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् । 

मंगलबार, १५ साउन २०८१, १५ : ३४

प्रतिक्रिया