काठमाडौँ - सिटिजन्स् बैंक इन्टरनेशनल र कास्कीको पोखरास्थित चरक मेमोरियल हस्पिटलबिच छूट सम्बन्धी समझदारी भएको छ । यी दुई कम्पनीबिच सिटिजन्स् बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।
सो समझदारी अनुसार कम्पनीका कार्ड बाहक र मोबाइल बैङ्किङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बताएको छ । बैङ्कले देशै भरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैङ्किङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैङ्किङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया