संस्कृति हरेक देशको आत्मा र प्राण तत्व हो :पर्यटनमन्त्री

बुधबार, १६ साउन २०८१, १० : १९

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति हरेक देशको प्राण तत्व भएको बताएका छन् ।

पाटन पर्यटन विकास संस्थाको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संस्कृति हरेक देशको आत्मा र प्राण तत्व भएकाले आत्मा बिना बाँच्न नसकिने जिकिर गरे ।

उनले कुनैपनि समाजको आत्मा भनेको संस्कृति रहेको बताए। सरकारले असल संस्कृति बोकेर हिँड्ने उनले उल्लेख गरे । असल बाटो, सदाचार र शिष्टाचार भएको पनि बताउनु भयो । नेपालीले बोकेको संस्कृति जगाउनुपर्ने कर्तव्य रहेको उनले बताए । नेपालमा पर्यटनको सम्भावना उच्च रहेको उनको भनाइ छ ।

बुधबार, १६ साउन २०८१, १० : १९

प्रतिक्रिया