सानिमा रिलायन्स लाईफको लकइन अवधी सकिदैँ

बुधबार, १६ साउन २०८१, ११ : ३५

काठमाडौं-  सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको लकइन साउन २९ गतेपछि सकिने भएको छ । कम्पनीले बुधवार सूचना सार्वजनिक गर्दै साविक सानिमा लाईफ इन्स्योरेन्सको संस्थापक तर्फको १ करोड ४० लाख कित्ता र सर्वसाधारण तर्फको कर्मचारीका लागि छुट्याईएको ३ लाख कित्ता शेयरको लइकन साउन २९ गतेपछि सकिने जानकारी दिएको हो । 

सानिमा लाईफ र रिलायन्स लाईफ इन्स्योरेन्स मर्ज भई २०७९ साल चैत ९ गतेदखि एकिकृत कारोबार सुरु गरेका हुन । त्यस अघि साविक सानिमा लाईफ इन्स्योरेन्सले २०७८ साल साउन ३० गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । 

सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको तीन वर्षसम्म संस्थापक र कर्मचारी तर्फको शेयर लइकनमा राख्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको उल्लेखित कित्ता शेयर लइकनमा रहेको थियो । यी शेयर तीन वर्षपछि कारोबारमा आउन लागेका हुन । साउन २९ गते लकइन अवधि सकिएपछि यी शेयर सम्बन्धित शेयरधनीहरूले कारोबार गर्न सक्नेछन् ।

बुधबार, १६ साउन २०८१, ११ : ३५

प्रतिक्रिया