काठमाडाैं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी म्युचुअल ट्रेडिङ प्रालि र हिमालयन एक्जिम प्रालिको नाममा रहेको कुल ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै यो शेयर खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा निवेदन दिनुपर्नेछ । साथै, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया