आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने

विहीबार, १७ साउन २०८१, १२ : १२

काठमाडौँ - आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । 

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो । उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ ।  कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । 

उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

विहीबार, १७ साउन २०८१, १२ : १२

प्रतिक्रिया