काठमाडौँ - सन् २०२४ को जुलाई महिनामा साढे ६४ हजार विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्यांअनुसार यस महिनामा जम्मा ६४ हजार ५९९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन ११ दशमलव ९१ प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२२ को सोही अवधिमा ४४ हजार ४६२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
विगतका महिनामा झैँ यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट २१ हजार ४९१ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ६ हजार ८१९ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट ७ हजार ८६४ जना पर्यटक नेपाल भित्रिएका छन् ।
प्रतिक्रिया