माछापुच्छ्रे बैङ्कले गर्‍यो विद्यालयमा खानेपानी सेवा निर्माण

शुक्रबार, १८ साउन २०८१, १५ : ३५

काठमाडौँ - माछापुच्छ्रे बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

मिति २०८१\०४\१८ गते शुक्रवारका दिन एक औपचारिक कार्यक्रमका वीच बैङ्कले निर्माण गरेको पूर्वाधारहरू विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात् बैङ्कले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको हो ।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।

 

शुक्रबार, १८ साउन २०८१, १५ : ३५

प्रतिक्रिया