स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा  घट्यो

आइतबार, २० साउन २०८१, ११ : ४७

काठमाडौँ - स्टान्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०७९\८० को तुलनामा गत आर्थिक वर्षको नाफा ४.५ प्रतिशतले घट्न पुगेको छ ।

कम्पनीद्धारा सार्वजनिक रिपोर्टअनुसार गत आर्थिक वर्ष २०८०\८१ मा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ बैंकले कमाएको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जा बढ्दाले बैंकको नाफा प्रभावित हुन पुगेको हो ।

बैंकले गत आर्थिक वर्ष ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको कूल प्रवाहित कर्जाको २.१४ प्रतिशत कर्जा निष्कृय बन्न पुगेको छ । पहिले यस्तो कर्जा १.१८ प्रतिशत थियो । जसका कारण वित्तीय व्यवस्थापन अर्थात् प्रोभिजनका लागि मात्र आर्थिक वर्षमा बैंकले २१ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।

बैंकको नाफामा सामान्य गिरावट आउँदा प्रतिसेयर आम्दानी केही घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६.६ प्रतिशत छ ।बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ छ । 
 

आइतबार, २० साउन २०८१, ११ : ४७

प्रतिक्रिया