काठमाडौँ - ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ्ग सेवा बन्द गरेको छ ।
बैंकले २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको जनाइएको हो । साथै, कम्पनीले ती स्थानका ग्राहकहरूलाई नजिकैका शाखा कार्यालयहरूबाट बैंकिङ्ग सेवा नियमित गर्न पनि भनेको छ ।

प्रतिक्रिया