समाज लघुवित्तको नाफा ५१ लाख ३० हजार

आइतबार, २० साउन २०८१, १५ : ४०

काठमाडौँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०\८१ मा ५१ लाख ३० हजार नाफा आर्जन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९\८० को तुलनामा ३२.३४ प्रतिशत घटेको हो । कम्पनीले अघिल्लो वर्ष ७५ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा गत वर्ष ४.७८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी १ करोड ९३ लाख रुपैयाँ रहेकोमा गत वर्ष बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा गत वर्ष केही बढेको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा ४.७८ प्रतिशत रहेकोमा गत वर्ष बढेर ४.८२ प्रतिशत पुगेको हो । चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीले गत आवको चौथो त्रैमास सम्ममा जगेडामा २ करोड ९६ लाख रुपैयाँ सञ्चिति गरेको छ । गत वर्ष कम्पनीले २४ करोड ६५ लाख रुपैयाँ सापटी लिएर १६ करोड ५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्क २२९ रुपैयाँ ९७ पैसा रहेको छ।

 

 

आइतबार, २० साउन २०८१, १५ : ४०

प्रतिक्रिया