माछापुच्छ्रे बैंकको नाफा २३ प्रतिशतले घट्यो

सोमबार, २१ साउन २०८१, ०७ : ५१

काठमाडाैं- माछापुच्छ्रे बैंक लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४.९३ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ। यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब ७ करोडमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २.४४ प्रतिशत बढेको छ भने कर्जा ०.७७ प्रतिशत मात्र बढेको छ।

सोमबार, २१ साउन २०८१, ०७ : ५१

प्रतिक्रिया