काठमाडौँ - गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००\- का दरले कुल रु. २२,५०,००,०००\– को खरीद प्रत्याभूति सेवा को लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लाई नियुक्त गरेको छ ।
आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि.का तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लि.को तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री चिरायु भण्डारीले उक्त शेयर प्रत्याभूति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड नेपाल एसबिआई बैैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया