काठमाडौँ- शेयर लगानीकर्ताहरूले वाणिज्य बैङ्कहरूमा पनि नपर्ने केही कम्पनीहरू छन् । जसमा आम लगानीकर्ताहरूको सर्वाधिक चासो विषय बन्ने गर्छ ।
सोमबार अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेपछि बैङ्कहरूको लाभांश दिने क्षमता कसको कति भन्ने आम चासोको विषय बनेको छ । यस वर्ष नबिल बैङ्क, इन्भेस्टमेन्ट मेघा, कुमारी,प्रभु बैङ्कको नाफामा उल्लेख सुधार आएको छ। लगानीकर्ताहरू सर्वाधिक खोजी गर्ने शेयरमा कम्पनीहरूले दिने सक्ने लाभांश क्षमतामा लगानीकर्ताहरूले रोज्ने कतिपय बैङ्कहरूले पनि लाभांश दिन सक्ने क्षमता कमजोर देखिएको छ । सबैभन्दा धेरै लाभांश क्षमता हुनेमा एभरेष्ट बैङ्क छ । बैङ्कको अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटेको हो। तर, पनि यस पटक बैङ्कको क्षमता २९.८६ प्रतिशत छ। त्यस्तै दोस्रो धेरै लाभांश क्षमता हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क छ।
बैङ्कको क्षमता २६.५ प्रतिशत रहेको छ । तेस्रो नम्बरमा धेरै लाभांश दिन सक्ने क्षमता नबल बैङ्कको देखिएको छ । यस बैङ्कको सो क्षमता १४.२६ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा यस बैङ्कको सो क्षमता बढेको छ । कृषि विकास बैङ्कको लाभांश क्षमता १७.३७ प्रतिशत रकेको छ । यस अघि ९.२४ प्रतिशत रहेको थियो । कामना सेवा विकास बैङ्कको लाभांश क्षमता १०.९१ प्रतिशत छ। यसअघि १.६१ प्रतिशत क्षमता थियो। ग्लोबल आईएई बैंकले ३.०६ प्रतिशत लाभांश दिन सक्ने देखाएको छ । यस अघि लाभांश दिन सक्ने क्षमता ९.०७ प्रतिशत रको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्कको लाभांश क्षमता ३.७२ प्रतिशत रकेको छ । यस अघि बैक.को क्षमता ६.१५ प्रतिशत रहेको थियो । त्यस्तै नेपाल बैङ्कको लाभांश क्षमता ५.२४ प्रतिशत रहेको छ । सिटिजन्स बैंकले ४..३४ प्रतिशत लाभांश दिनसक्ने क्षमता देखिएको छ। सानिमा बैंकले १०.४ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस बैकको लाभांश क्षमता घटेको छ । सिद्धार्थ बैकको लाभांश क्षमता २.६ प्रतिशत रहेको छ । यस अघि बैकंको क्षमता ४.७१ प्रतिशत रहेको थियो । प्राईम कमर्सियल बैंकले ६.१८ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ ।
त्यस्तै माछापुच्छ्रे बैङ्कको लाभांश क्षमता ४.०१ प्रतिशत रहेको छ । यस अघि बैंको क्षमता १४. १२ प्रतिशत रहेको थियो । त्यसैगरि नेपाल एस.बि.आई बैङ्कको लाभांश दिन सक्ने क्षमता १०.७६ प्रतिशत रहेको छ । प्रभु बैङ्कको लाभांश क्षमत ५.२ प्रतिशत रहेको छ । त्यस्तै लक्ष्मी सनराईज बैङ्कको लाभांश दिन सक्ने क्षमता ५.५छ प्रतिशत रहेको छ । एनएमबि बैकले लाभांश दिन सक्ने क्षमता १.२१ प्रतिशत मात्रै रहेको छ । तीन बैंकले लाभांश दिन नसक्ने अघिल्लो आर्थिक वर्षको मुनाफाबाट तीन कम्पनीले लाभांश दिन नसक्ने भएका छन् । हिमालयन बैङ्क,एनआइसी एशिया बैङ्क र कुमारी बैंकले लाभांश दिन सक्ने क्षमता कमजोर छ ।
कम्पनीहरुले अघिल्लो वर्षको मुनाफाबाट वितरण योग्य नाफा दिन नसक्नेअबस्था नभएपछि लाभांश दिने क्षमता कमजोर देखिएको हो। गत वर्षको नाफाबाट २० वटा वाणिज्य बैंकहरू मध्ये ३ बैङ्क ( हिमालयन बैङ्क, एनआईसि एसिया बैङ्क र कुमारी बैङ्क)ले लाभांश नै बाँड्न नसक्ने र एउटा (एनएमबि बैक)ले पनि १ प्रतिशतभन्दा धेरै लाभांश बाँड्न नसक्ने देखिएको छ । प्रायः बैङ्क तथा वित्तीय संस्थाहरूले १ प्रतिशत लाभांश नबाँड्ने हुँदा यस वर्ष ५ बैंकले लाभांश दिन नसक्ने देखिन्छ ।
प्रतिक्रिया