शेयर लगानीकर्ताले खोज्ने फाइनान्सका यी कम्पनी,जसको लाभांश दिने क्षमता कति ?

सोमबार, २१ साउन २०८१, १४ : ०७

काठमाडौँ - नेपाल स्टक एकसचेन्न नेप्सेमा सूचिकृत फाइनान्स समूहको अन्तर्गतका कम्पनीले लगानीकर्ताहरूलाई दिन सक्ने लाभांश क्षमता घटाएका छन् । 

कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेसँगै उनीहरूको वित्तीय विवरण अनुसार लाभांश दिने क्षमतामा केही कम्पनीको सुधार आएको छ भने केहीको आउन सकेको छैन ।

हाल सम्मको सबैभन्दा धेरै  लाभांश दिने फाइनान्समा मञ्जुश्री फाइनान्स लिमिटेड रहेको छ । अगिल्लो वर्षको तुलनामा यस वर्ष यसको लाभांश बढेको छ । अगिल्लो वर्ष यसको लाभांश ५.८८ प्रतिशत रहेको थियो भने यस वर्ष ७.९७ प्रतिशत रहेको छ । सबैभन्दा धेरै लाभांश दिने दोस्रो फाइनान्स आईसिएफसि फाइनान्स लिमिटेड हो । अगिल्लो वर्ष यसको लाभांश )१०.५२ प्रतिशत थियो भने यस वर्ष ४ प्रतिशत रहेको छ । 

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको अगिल्लो वर्षको लाभांश १.२३  प्रतिशत रहेको थियो भने यस वर्ष २.८६ रहेको छ ।  

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले अगिल्लो वर्ष लाभांश दिएको थिएन भने यस  वर्ष २.४३ प्रतिशत रहेको छ । 

नेपाल फाइनान्स लिमिटेड , पोखरा फाइनान्स लिमिटेड , गुडविल फाइनान्स लिमिटेड, बेस्ट फाइनान्स ,गोर्खा फाइनान्स, समृद्धि फाइनान्स,  बहुउद्देश्यीय फाइनान्स लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, जानकी फाइनान्सको लाभांश दिने क्षमता शून्य प्रतिशत रहेको छ । 

 

 

 

 

 

 

सोमबार, २१ साउन २०८१, १४ : ०७

प्रतिक्रिया