काठमाडौँ - हिमालयन बैङ्कले स्वयम्भू शाखा- २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौँ महानगरपालिकामा स्थानान्तरण गरेको छ ।
हिमालयन बैङ्कले सिभिल बैङ्कलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये स्वयम्भू शाखा- २ लाई बालाजु चोकमा स्थानान्तरण गरी बालाजु शाखाबाट बैङ्किङ सेवा प्रदान गरी सोमबारदेखि सञ्चालनमा ल्याएको हो । बैङ्कको उक्त शाखाको शुभारम्भ बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैङ्कका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपस्थितिमा गरेका हुन् ।
हाल बैङ्कले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया