काठमाडौँ - नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन् ।
अध्यक्ष नेपालले सोमबार नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।
विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यु आर , मोबाइल बैंकिङ्ग र अन्तर बैङ्क भुक्तानीका सेवाहरू प्रदान गर्दै आई रहेको छ । नेपालले नेपाल ग्रीनलेज बैङ्कबाट आफ्नो बैंकिङ्ग करियर सुरुवात गरी हिमालयन बैङ्क हुँदै लक्ष्मी सनराइज बैङ्कबाट अवकाश लिएका थिए । अध्यक्ष नेपालले यस अघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकालसम्म अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।
विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ । ३ दशक लामो बैङ्क तथा वित्तीय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा आएपछि संस्थाले थप उचाइ लिनेमा स्मार्टच्वाइस टेक्नोलोजिज विश्वस्त देखिन्छ ।
प्रतिक्रिया