काठमाडौँ - डिजिटल भुक्तानी सेवाप्रदायक ‘ई–सेवा’ को एप प्लेस्टोरबाट आज बिहानदेखि नै हराएको छ ।
ईसेवा प्रालिबाट ईसेवा लिमिटेडमा परिवर्तन भएका कारण कम्पनीको विवरण डीयूएनएस (डेटा युनिभर्सनल नम्बरिङ सिस्टम) मा अपडेट भइरहेको छ । यसैकारण ईसेवा एप अस्थायी रूपमा प्लेस्टोरमा उपलब्ध नभएको कम्पनीले उल्लेख गरेको छ ।
"ईसेवा प्रालि केही समयअघि ईसेवा लिमिटेड भएसँगै, उक्त विवरण म्ग्ल्क् DUNS (Data Universal Numbering System) मा अपडेट गर्ने क्रममा रहेका छौं । त्यसैकारण ईसेवा एप केही समयको लागि अस्थायी रुपमा प्लेस्टोरमा उपलब्ध नहुने व्यहोरा जानकारी गराउन चाहन्छौं,"सूचनामा भनिएको छ ।
प्रतिक्रिया