सिटिजन्स बैङ्क र नेपाल मेडिसिटी वयोधा हस्पिटलबिच समझदारी

मंगलबार, २२ साउन २०८१, १६ : २५

काठमाडौँ - सिटिजन्स् बैङ्क इन्टरनेसनल लिमिटेड र वीरगन्ज, पर्सास्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलबिच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्र अनुसार सिटिजन्स् बैङ्कका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले नेपाल मेडिसिटि वयोधा हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ । 

बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

बैङ्कले देशै भरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

 

 

मंगलबार, २२ साउन २०८१, १६ : २५

प्रतिक्रिया